आकाइ हाने पोस्ट-कोरोना समाजतर्फ लक्षित कल्याणकारी गतिविधि समर्थन अभियान "आफ्नो स्थान गुमाएका व्यक्तिहरूको लागि आपतकालीन गतिविधि समर्थन अनुदान (सातौं पटक)" को अनुदान प्राप्त गरी, २०२३ अक्टोबरदेखि २०२४ मार्चको अन्त्यसम्मको अनुदान अवधि समाप्त भएपछि, हामीले गतिविधि प्रतिवेदन सार्वजनिक गरेका छौं।
हाल जापानमा बसोबास गर्ने विदेशीहरूको संख्या ३० लाख भन्दा बढी छ, र उनीहरू भाषिक, सामाजिक-सांस्कृतिक, जीवनशैली, प्रणाली लगायत विभिन्न पक्षमा चिन्ता र कठिनाइहरूको सामना गरिरहेका छन्। जापानी समुदायमा घुलमिल हुनको कठिनाइले उनीहरूको एक्लोपनको भावना अझ गहिरो बनाएको छ।
JII(जेआइआइ) को गतिविधि विदेशी बासिन्दाहरूको समर्थनमा मात्र सीमित छैन। प्रत्येक क्षेत्रका जापानी स्वयंसेवकहरू (ओतोनारी-सान्) ले विदेशी बासिन्दासँग वास्तविक विश्वासको सम्बन्ध निर्माण गर्दै, नजिकको सल्लाहकार र साथीको रूपमा उनीहरूलाई सुरक्षित महसुस गराउँदै, जापानी समाजमा घुलमिल हुन सहयोग गरिरहेका छन्। हाम्रो गतिविधिले यस्ता बासिन्दाबीचको आपसी सहयोग गर्न सकिने तेस्रो स्थान (सार्ड प्लेस) लाई दृढ रूपमा निर्माण गरिरहेको छ।
जापानमा भर्खरै आएका र जापानी भाषा नजान्ने व्यक्ति, जापानमै जन्मिएर हुर्किएका विदेशी मूलका बालबालिका, अभिभावकको कारणले जापान आएका बालबालिका, जापानमा पहिलो पटक गर्भवती भई सन्तान जन्माउने अनुभव गर्ने विदेशी आमा, जापानमा शरण लिन आएका शरणार्थी तथा विस्थापितहरू—हाम्रो गतिविधिले उनीहरूको अपरिचित, एक्लोपन र चिन्ताले भरिएको जीवनलाई, नजिकैबाट सहयोग गर्ने ओतोनारी-सान् सँगै, रमाइलो र मायालु वातावरणमा परिणत गर्दै लैजान्छ।
संयुक्त चन्दा सङ्गठनका सदस्यहरू, हाम्रो गतिविधिलाई समर्थन गर्नु भएकोमा हामी हृदयदेखि आभारी छौं। तपाईंहरूको समर्थनको कारणले, OFP बिस्तारै वृद्धि गर्दैछ र विदेशीहरूलाई समेत समेटेर विविधता उपयोग हुने सहअस्तित्व समाजको प्राप्तिका लागि अघि बढ्न सक्षम भएको छ। हार्दिक धन्यवाद। भविष्यमा पनि कृपया सहयोग गरिरहनु होला।

日本語
English
नेपाली

