हनामारु कक्षा
विदेशी पृष्ठभूमि भएका बालबालिकाहरूको शिक्षामा सहयोग
जसको घरमा जापानी भाषा मातृभाषा होइन, त्यस्ता परिवारमा प्रायः बच्चाहरूलाई जापानी भाषा पढ्न र लेख्न सिकाउन सकिँदैन, जसले गर्दा बच्चाहरूको भविष्यमा असर पर्न सक्ने सम्भावना हुन्छ।
“हनामारु कक्षा” मा, बालबालिकाहरूले स्वयंसेवकहरूसँग रमाइलो गर्दै जापानी भाषा पढ्न र लेख्न तथा गृहकार्य गर्न सिक्छन् र यसले उनीहरूको जापानको विद्यालय जीवनमा आत्मविश्वास बढाउँछ।

जापानी भाषा लगायत अन्य विषयहरू सिक्न सहयोग गर्ने "हनामारु कक्षा" विदेशी पृष्ठभूमि भएका बालबालिकाहरूका लागि लक्षित गरिएको छ, जुन प्रत्येक महिनामा दुई पटक, प्रत्येक दुई हप्तामा एक पटक शनिबार सञ्चालन हुन्छ।
पहिले नै प्राथमिक विद्यालयमा अध्ययन गरिरहेका बच्चाहरूका लागि मात्र होइन, जापानको प्राथमिक विद्यालयमा सजिलै भर्ना हुन सकून् भनेर करिब ५ वर्ष उमेरका बच्चाहरूले पनि सहभागी हुन सक्छन्।
खेल्दै रमाइलो तरिकाले जापानी भाषा सिक्दै, भर्ना तयारी पनि उत्कृष्ट बनाउनुहोस्!
इन्टरनेशनल स्कूलमा पढ्ने बच्चाहरूलाई पनि हार्दिक स्वागत छ।
धेरै विद्यालयहरूमा जापानी भाषा कक्षा उपलब्ध छन्, र "हनामारु कक्षा" मा थप अध्ययन गर्दा तपाईंको जापानी भाषा सीप अझै धेरै सुधार गर्न सकिन्छ।
जापानी स्वयंसेवकहरूसँगै ...
- तपाईंले हिरागाना, काताकाना र कान्जी अभ्यास गर्न सक्नुहुन्छ
- विद्यालयको गृहकार्य गर्न सकिन्छ
- पढाइमा 'नबुझेका कुरा' सोध्न सकिन्छ
- "सजिलै बुझिने र ध्यानपूर्वक" सिक्न सक्नुहुन्छ
कार्यक्रमको सारांश
◾️ लक्षित समूह: विदेशी पृष्ठभूमि भएका बालबालिका (५ वर्षदेखि कक्षा ४ सम्मका विद्यार्थीहरू)
* पहिलो पटक दर्ताका लागि, अभिभावक पनि साथमा आउनुहोस्।
* अन्तर्राष्ट्रिय विद्यालयमा अध्ययन गरिरहेका बच्चाहरूले पनि सहभागी हुन सक्छन्।
◾️कार्यक्रम मिति र समय: प्रत्येक दुई हप्ता, शनिबार बिहान १० देखि १२ बजेसम्म
◾️स्थान: सामाजिक कल्याण संस्था तोकुशिनकाई कोबुशिएन (टोकियो-to मेगुरो-कु, शिमोमेगुरो ६-चोमे १८-२) *संस्थाको वेबसाइट
◾️ ल्याउनु पर्ने सामग्रीहरू: लेख्ने सामग्री, पढ्न चाहेको पाठ्यपुस्तक, गृहकार्य, अभ्यास पुस्तिका आदि
◾️ सहभागिता शुल्क: प्रति पटक ५०० येन (छूटको व्यवस्था उपलब्ध छ)
◾️सिट संख्या: प्रत्येक पटक ८जना (पहिले आउनेलाई प्राथमिकता, पूर्व-रजिस्ट्रेशन आवश्यक)
मुख्य कार्यक्रमहरू
बालबालिकाको उमेर र अध्ययन स्तर अनुसार, जापानी स्वयंसेवकहरूले सानो समूह वा एक-एक गरी ध्यानपूर्वक सहयोग गर्नेछन्।
◾️पूर्वविद्यालय बालबालिका:बालबालिकाहरूले हिरागाना र काताकानाको लेखन अभ्यास, करुता खेल,र शुरूवाती स्तरमा रहेकालाइ लागि गीत गाउने जस्ता रमाइलो गतिविधिहरू गर्दै जापानी भाषासँग परिचित हुनेछन्।
◾️कक्षा १ देखि माथिका विद्यार्थीहरू : बालबालिकाहरूले विद्यालयको गृहकार्य वा आफैंले पढ्न चाहनु भएको सामग्री ल्याएर िसक्न सक्नेछन् ।
बालबालिकाको ध्यान केन्द्रित गर्ने क्षमतालाई ध्यानमा राख्दै, प्रत्येक बालबालिकाका लागि करिब ४० मिनेटको अध्ययन समय राखिन्छ। कृपया कार्यक्रमको समय िसमामै आउनुहाेला ।


भाग लिने तरिका
कृपया तलको बटनबाट "Hanamaru Class" मा सहभागी हुन चाहनुभएको मिति र समय छान्नुहोस्।
हामी तपाईंको सहभागिताको प्रतीक्षा गर्दैछौं!
日本語
English
नेपाली