ओतोनारी-सान् फामिली फ्रेन्ड प्रोग्राम (OFP)
ओतोनारी-सान् फामिली फ्रेन्ड प्रोग्राम (OFP) भनेको,
यो एक अन्तरक्रिया कार्यक्रम हो जसले जापानमा बसोबास गर्ने विदेशीहरू र स्थानीय क्षेत्रमा बस्ने जापानी स्वयंसेवक "ओतोनारी-सान्" लाई जोड्दछ।
छ महिनासम्म, एक-एक गरेरको अन्तरक्रियामार्फत, जापानी भाषा अभ्यास गर्न, जापानको जीवनशैली र संस्कृतिमा अभ्यस्त हुन,
समुदायमा सजिलै घुलमिल हुनका लागि सञ्चार समर्थन कार्यक्रम हो।
जापानी स्वयंसेवक बन्न चाहनेहरूका लागियहाँ छ
के तपाईंलाई यस्ता समस्याहरू छन्?

- अझ बढी जापानी भाषा बोल्न सक्ने बन्न चाहन्छु
- बालबालिका पालनपोषण र हेरचाहका बारेमा सजिलै सोध्न सक्ने कोही छैन
- जापानी संस्कृति र बानीहरू सिकाउने साथी चाहिन्छ
- बालबालिकाे बगैंचा वा विद्यालयबाट आएका प्रिन्ट पढ्न नसक्दा समस्या हुन्छ
- कम्पनी बाहेकका जापानीहरूसँग चिनजान हुने अवसर छैन
- जापानमा कसरी बस्ने र काम गर्ने भन्ने बारे अझ बढी जान्न चाहन्छु
ओतोनारी-सान्, फ्यामिली-फ्रेन्ड प्रोग्राम (OFP) का फाइदाहरू
जापानमा अनौठो जीवनशैली, संस्कृति र समाजको संरचना छ। ओतोनारी-सान् हरूसँग जापानमा लामो समयको बसोबासकाेअनुभव छ।उनीहरूले दैनिक जीवनमा नबुझिएका कुराहरू, अझ बढी जान्न चाहिने कुराहरू, जीवनको ज्ञान, र जापानी संस्कृतिबारे धेरै कुरा सिकाउने छन्।

ओतोनारी-सान् हरूले तपाईंलाई दैनिक जीवनमा प्रयोग हुने जापानी भाषा स्वाभाविक रूपमा सिकाउन र जापानी भाषा सिक्नको लागि साथी बन्न मद्दत गर्छन्। यदि तपाईंसँग सजिलै अभ्यास गर्न सक्ने साथी छ भने, तपाईंको जापानी भाषामा छिटो सुधार हुनेछ।

ओतोनारी-सान् हरू तपाईंको समर्थक र असल साथी बन्नेछन्। विद्यालय वा कार्यस्थलको सम्बन्ध मात्र नभई, अन्य जापानी साथीहरू मार्फत नयाँ संसार चिन्नुहोस् र नयाँ सम्भावनाहरूको विस्तार गर्नुहोस्।

संगै घुम्न जाने, पार्कमा खेल्ने, र जापानी परिवारसँग रमाइलो समय बिताउने माैका िमल्नेछ, जसले गर्दा अभिभावक मात्र होइन, बच्चाहरूलाई पनि जापानी साथीहरू बनाउन मद्दत पुग्छ।

विदेशमा बसोबास गरिरहेका व्यक्तिहरूका लागि, नजिकै र सजिलै परामर्श गर्न सकिने व्यक्तिसँगको भेटघाट महत्वपूर्ण हुन्छ। अस्पताल, बैंक, बालविकास केन्द्र वा विद्यालय जस्ता कुराहरूमा, साना नबुझिएका कुराहरू थुप्रिएर ठूलो चिन्तामा परिणत हुन सक्छ। ओतोनारी-सान् तपाइका प्रश्नहरूको उत्तर दिनमा सहानुभूतिपूर्वक मद्दत गर्नेछन् ।

स्ठान विशेषका जानकारी पाइन्छ
नयाँ ठाउँमा सुरक्षित रूपमा बस्नको लागि, समुदायमा सामेल हुनु सबैभन्दा छिटो उपाय हो। नजिकै बस्ने ओतोनारी-सान् हरूले पर्यटक गाइडबुकमा नभएका "स्थानीय" राम्रो ठाउँहरू, विश्वास गर्न सकिने अस्पतालहरू, र ठाउ विशेषका कार्यक्रमहरूको जानकारी पनि दिन्छन्।

अन्य फाइदाहरू
तपाईं डाक्टर, वकिल, न्यायिक लेखक, स्वास्थ्यकर्मी, अनुवादक, शिक्षक जस्ता विशेषज्ञहरूसँग पनि परामर्श गर्न सक्नुहुन्छ
जापानी भाषा कार्यशाला, अन्तरक्रिया कार्यक्रमहरू पनि आयोजना भइरहन्छ
४०+
देश वा क्षेत्रबाट
विदेशी नागरिकहरू सहभागी
४००+
ओतोनारी-सान्
(जापानी स्वयंसेवक)
१०+
प्रयोग गर्न मिल्ने भाषा


यो विश्वास गर्न सकिने कार्यक्रमहरूमध्ये एक हो! मैले आफैंलाई उपयुक्त ओतोनारी-सान् फेला पार्न सकेँ, र सधैं रमाइलो कुराकानी गरिरहेको छु।
(भियतनाम- ६ वर्षदेखि जापानमा - कम्पनी कर्मचारी)

ओतोनारी-सान् सँग संस्कृति आदानप्रदान गर्न पाउँदा धेरै रमाइलो लाग्यो! जापानी जीवनशैली र भाषाबारे पनि उहाँले सहयोगी रूपमा सिकाउनुहुन्छ, जसले मलाई धेरै मद्दत गरेको छ।
(अमेरिका, ७ वर्षदेखि जापानमा, कम्पनी कर्मचारी)

किनिएको बेन्ताे सामग्री धार्मिक कारणले खान मिल्छ कि मिल्दैन भन्ने थाहा नभएको बेला, सजिलै सोध्न र तुरुन्तै जानकारी पाउन सकियो, जसले गर्दा धेरै सहयोग भयो।
(जिबुती, जापान आएको १ वर्ष, स्नातकोत्तर विद्यार्थी)

गर्भावस्थामा मसँग म्याटरनिटी बेबी फेस्टामा जानु भएकोमा म खुशी छु!
(स्पेन - १ वर्षदेखि जापानमा - परिवारसँग बसोबास)

जब म सरल जापानी भाषामा लेखिएको पुस्तक खोज्दै थिएँ, मलाई कुन राम्रो हो भन्ने थाहा थिएन, तर ओतोनारी-सान् ले मलाई राम्रो देखिने पुस्तक खोज्न मद्दत गरे।
(चीन, जापान आएको १ वर्ष, कम्पनी कर्मचारी)

उनीहरूले बिस्तारै जापानी भाषामा बोल्छन्, जसले गर्दा कुरा गर्न धेरै सजिलो हुन्छ।
(भारत - जापान आएको १ वर्ष - कम्पनी कर्मचारी)

इन्टरनेटमा खोज्न नसकिने सिफारिस गरिएका पसलहरू र पर्यटक स्थलहरूको बारेमा जानकारी प्राप्त गरियो।
(चीन, जापानमा २ वर्ष, प्राविधिक विद्यालय विद्यार्थी)

संगै लुगा किन्न गयौं, खाना खान गयौं, रमाइलो कुराकानी भयाे।
(नेपाल - जापान आएको १ वर्ष - जापानी भाषा विद्यालयको विद्यार्थी)
OFP को संरचना
ओतोनारी-सान् फामिली फ्रेन्ड प्रोग्राम (OFP) भनेको विदेशी बासिन्दाहरूले स्थानीय जापानी स्वयंसेवक (ओतोनारी-सान्) सँग जोडी बनाएर, छ महिनासम्म एक-अर्कासँगको अन्तरक्रियामार्फत, जापानी भाषा अभ्यास गर्ने, जापानी जीवनशैली र संस्कृतिमा अभ्यस्त हुने, र समुदायमा सजिलै घुलमिल हुने उद्देश्यले सञ्चालित सञ्चार सहयोग कार्यक्रम हो।


६ महिना, प्रत्यक्ष रूपमा गतिविधि गर्ने (स्वयंसेवक ⇔ विदेशी सहभागी)
- साताेमा करिब २ घण्टा देखि गतिविधि गर्न सकिन्छ
- जीवनसँग सम्बन्धित जानकारी र जापानका कुरा बताउने
- स्थानीय गतिविधि वा कार्यक्रमहरूमा सँगै जानु
- जापानी भाषामा कुराकानी गर्ने
- साथी जस्तै सम्बन्ध

स्वयंसेवकहरूलाई समर्थन (JII)
- नियमित रूपमा पछ्याउने
- समस्या समाधानका बारेमा परामर्श
- जानकारी प्रदान
- स्वयंसेवकहरूबीचको अन्तरक्रिया
- समस्या समाधान

प्रतिभागीहरूलाई समर्थन (JII)
- जीवन सम्बन्धी जानकारीको प्रदान
- परामर्श सेवा
- विशेषज्ञसँग परामर्श
- सामाजिक कार्यक्रम

विशेषज्ञ टोली
वकिल, प्रशासनिक लेखक, डाक्टर, कर विशेषज्ञ, श्रम व्यवस्थापक, शिक्षक, नर्स आदि
भाग लिने तरिका
राम्रो र दीर्घकालीन सम्बन्ध बनाउन सजिलो होस् भनेर विभिन्न तत्वहरूको आधारमा ध्यानपूर्वक मिलान गरिन्छ।
९०% सहभागीहरूले गतिविधि समाप्त भएपछि पनि साथीको रूपमा निरन्तर सम्पर्क राख्न चाहन्छन्।
*कार्यक्रम समाप्त भएपछि गरिएको सर्वेक्षणको उत्तरको आधारमा

१. आवेदन
- दर्ता निःशुल्क
- सूचना सत्रको निमन्त्रणा प्राप्त हुन्छ ※ सूचना सत्रमा सहभागी हुनु अनिवार्य छ
२. सूचना सत्र र सुनुवाइ
- सूचना सत्रमा सहभागीता निःशुल्क हाे ।
- सूचना सत्रपछि, सहभागी हुन चाहनेहरूले औपचारिक रूपमा दर्ता गर्नुपर्छ (दर्ता शुल्क १,००० रुपैयाँ/व्यक्ति)
- दर्ता पछि, OFP सदस्यहरूको गतिविधिमा सहभागी हुन सकिन्छ ।
३. मिलाउने प्रक्रिया
- दर्ता गरिएको विवरणका आधारमा जोडीका सम्भावित उम्मेदवारहरूलाई परिचय गराइन्छ ।
- भेटघाटपछि, दुबै पक्षको सहमतिमा जोडी बन्नेछ ।
- जोडी बनेपछि, सदस्य शुल्क तिर्नु पर्नेछ (प्रति व्यक्ति ३,००० रुपैयाँ) ।
४. गतिविधि
- ६ महिनासम्म जोडीमा गतिविधि गर्ने
- कार्यक्रमको अवधिभर समन्वयकले सहयोग गर्नेछन् ।
- आवश्यक परेमा विशेषज्ञद्वारा सहयोग उपलब्ध रहनेछ ।
भाग लिने सर्तहरू प्रयोग सर्तहरू
・जापानमा बसोबास गर्ने विदेशीहरू (टोकियोका २३ वार्डहरू र वरपरका क्षेत्रहरू)
・जापान आएको ८ वर्ष भित्र (व्यक्तिगत परिस्थिति अनुसार यदि उपयुक्त भएमा यहाँ ८ वर्षभन्दा बढी समयदेखि बस्दै आउनुभएको भए पनि सहभागि हुनसक्नु हुन्छ। कृपया यसबारे छुट्टै परामर्श लागि सम्पर्क गर्नुहोस्।)
・१८ वर्ष वा सोभन्दा बढी उमेरका (वयस्क) व्यक्तिहरू
दर्ता शुल्क र सदस्यता शुल्क छुट प्रणाली
विशेष परिस्थितिमा रहेका व्यक्तिहरूलाई छुट सुविधा लागू हुने छ ।
< उदाहरणका लागी>
– शरणार्थी, विस्थापित: दर्ता शुल्क र सहभागिता शुल्क माफ
– अपाङ्गता, रोग, एकल अभिभावक परिवार, कर नलाग्ने परिवार, अस्थिर रोजगार जस्ता अवस्थाका कारण आर्थिक भार धेरै भएको अवस्थामा: दर्ता शुल्क माफ, सदस्यता शुल्क आधा
– छात्रवृत्ति प्राप्त गर्ने वा शुल्कको ठूलो भार भएका विद्यार्थीहरू: दर्ता शुल्क र सदस्यता शुल्क आधा हुनेछ
– अन्य कुनै विशेष आवश्यकताहरू भएमा: व्यक्तिगत परामर्श
दर्ता शुल्क (दर्ता गर्दा मात्र) : १,००० येन/व्यक्ति
・आवेदन र जानकारी सत्र निःशुल्क छन्
・गतिविधिहरूको सामग्री बुझेर, औपचारिक दर्ता गर्दा भुक्तानी गर्नुहोस्
・दर्ता पछि, विभिन्न OFP सदस्यहरूका लागि सचालित गतिविधिहरूमा सहभागी हुन सकिन्छ
(उदाहरण: सदस्यहरू बीचको भेटघाट, सरकलहरू आदि)
सदस्यता शुल्क (जोड़ी बनेको अवस्थामा): ३,००० येन/व्यक्ति
・जोडीको स्थापनाको प्रक्रिया व्यक्तिगतरूपमा भिन्न हुन्छ, त्यसैले यो सुनिश्चित गर्न सकिँदैन ।
・दुवै पक्ष सहमत भएमा जोडी गठन हुन्छ र सदस्यता शुल्क लाग्छ
• भुक्तानी विधिहरू: क्रेडिट कार्ड, बैंक ट्रान्सफर आदि
・एक जोडीको गतिविधि अवधि ६ महिना हो
・गतिविधिहरूको क्रममा समर्पित समन्वयकर्ता र विशेषज्ञले सहयोग गर्नेछन्
・नियमित गतिविधि अवस्थाबारे सर्वेक्षण मार्फत (महिनामा १ पटक) जानकारी साझा गरिन्छ र सहयाेग प्राप्त गर्न सकिन्छ
जापानी स्वयंसेवक बन्न चाहनेहरूका लागियहाँ छ
कार्यक्रमका सम्झौता (नियमहरू)
ओतोनारी-सान् लाई अनुरोध गर्न नसकिने कुरा
・घरेलु काममा सहयोग
・बालबालिका र घरपालुवा जनावरहरूको हेरचाह
• आर्थिक सहयोग
・खाना तयार पार्ने र पछि सफा गर्ने
・किनमेल, बैंक वा हुलाक कार्यालयमा जाने जस्ता "कामहरू"
・घर वा बस्ने स्थानको व्यवस्थाकाे लागी अनुराेध
आदि
श्रम वा आर्थिक बोझ थोपर्न पाइने छैन।
प्रेम, भेटघाट, वा यौन सम्बन्धको उद्देश्यले सहभागी हुन पाइने छैन।

यस्ता "छिमेकीहरू" छन्

म विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धको अध्ययन गर्दैछु। विदेशीहरू कसरी जापानी समाजमा घुलमिल गर्न सक्छन् र स्वीकार गरिन्छन् भन्ने चासोले म सहभागी भएको हुँ।

परिवारको साथ विदेशीहरूसँग अन्तरक्रिया गरेर, म चाहन्छु कि मेरा बच्चाहरूले संसारमा धेरै मूल्यहरू छन् र जापानी भाषा बोल्नेहरू मात्र छैन भन्न्ने अनुभव गरून् ।

विदेशमा बस्दा त्यहाँका मानिसहरूले धेरै कुरा सिकाएर मलाई धेरै मद्दत गरे, त्यसैले अब म जापानमा बस्ने विदेशीहरूको लागि केही गर्न चाहन्छु। संस्कृति र परम्पराको भिन्नता थाहा पाएमा मन अलिकति हल्का हुन्छ र बस्न सजिलो हुन्छ भन्ने लाग्छ।

जापानी भाषा बुझ्ने भए पनि बिरामी हुँदा मन कमजोर हुन सक्छ। अझै, चिनजानको कोही नभएको र भाषा नबुझ्दा अझै बढी चिन्ता लाग्न सक्छ। बिरामी हुँदा कुन अस्पताल जानु पर्छ भनेर सोध्न सक्ने कोही भएमा मन बलियो हुन्छ।

जापानमा बस्दा पनि साथी बनाउन नसकी आफ्नो देश फर्केका विदेशी परिचितहरू छन्, जुन धेरै दुःखको कुरा हो। उनीहरूले जापानमा आएको फाइदा उठाउँदै, यहाको राम्रो अनुभव गर्नुपर्छ।

विदेशी संस्कृति र फरक मूल्यहरूलाई अनुभव गर्न मन पर्छ। एकअर्काको संस्कृति प्रस्तुत गरेर रमाइलो समय बिताउन सक्ने साथी बन्न चाहन्छु।
ओतोनारी-सान् (जापानी स्वयंसेवक) बन्न चाहने व्यक्तिहरूको लागि यहाँ क्लिक गर्नुहोस्
अनुभव अन्तर्वार्ता
-
स्वाभाविक र खुला रूपमा आपसी सम्बन्ध विस्तार। आफ्नो संसार पनि फराकिलो बन्छ (OFP स्वयंसेवक अनुभव कथा)
-
जापानमै बसेर परिवारसँग अन्तर्राष्ट्रिय आदानप्रदान (OFP स्वयंसेवक अनुभव)
-
रमाइलो रूपमा सम्बन्ध विस्तार गर्दै, आफ्ना चिन्ता खुलाउन सकिने साथीको रूपमा साथ दिने (OFP स्वयंसेवक…
-
एकअर्कालाई आफ्नै हातले पकाएको खाना खुवाउँदै, परिवारसहित मित्रता बढाउने (OFP स्वयंसेवक अनुभव कथा)
-
उहाँले भेट भएकोमा बारम्बार धन्यवाद दिनुभयो, जसले मलाई साँच्चै खुशी बनायो (OFP स्वयंसेवक…
-
साँचो मनले कुरा गरेर एकअर्कालाई चिन्नु, र साँच्चै समस्या पर्दा सजिलै सल्लाह गर्न सकिने सम्बन्ध बनाउनु (OFP शैली…
-
जापानी भाषा सुधारियो र फरक-फरक संस्कृतिहरूसँगको आदानप्रदान पनि रमाइलो गर्न सकेँ! (OFP अनुभव)
-
कार्यक्रम सकिएपछि पनि सम्पर्कमा रहने उत्कृष्ट साथी बनेका छौं! एकदमै उपयुक्त मिलन!…
-
ओतोनारी-सान्को कारणले गर्दा मलाई जापानीहरूसँग कुरा गर्ने हिम्मत आयो (OFP अनुभव कथा)
日本語
English
नेपाली