【व्याख्यान प्रतिवेदन】२०२६ अक्टोबर २१ (बुध) मा एसिया विश्वविद्यालयको कक्षामा व्याख्यान दिने अवसर पायौँ।

एसिया विश्वविद्यालयमा व्याख्यान

एसिया विश्वविद्यालयको बहुसांस्कृतिक सञ्चार विभागमा प्राध्यापक अकिहिरो कोइदोले सञ्चालन गर्नुहुने बहुसांस्कृतिक परियोजना सिद्धान्तको कक्षामा हामीले व्याख्यान दिने अवसर पायौँ।
बहुसांस्कृतिक क्षेत्रमा काम गर्ने संस्थाका रूपमा हामीले मुख्यतः JII(जेआइआइ)का गतिविधिहरू, ती गतिविधि सुरु गर्नुको पृष्ठभूमि र वर्तमान चुनौतीहरूबारे जानकारी दियौँ।

कक्षामा केही अन्तर्राष्ट्रिय विद्यार्थीहरू पनि थिए।

साना समूहमा विभाजित भएर छलफल गर्ने समय पनि पायौँ।
विद्यार्थीहरूका JII(जेआइआइ) का गतिविधिसम्बन्धी सामान्य जिज्ञासा र प्रश्नहरूको जवाफ दिँदै, गैरनाफामूलक क्षेत्रमा काम गर्दाका खुसी र कठिनाइ लगायत कार्यक्षेत्रका वास्तविक अनुभवहरू पनि उनीहरूसँग साझा गर्‍यौँ।

यो बहुमूल्य अवसर प्रदान गर्नुभएकोमा धन्यवाद।