दैनिक जीवन सम्बन्धी परामर्श सेवा
हामी तपाईंको जापानकाे बसाइलाई समर्थन गर्न चाहन्छौं
जापानमा बस्दा, भाषा मात्र बाधा हुँदैन।
जीवनशैली संस्कृति, बानी, सामाजिक प्रणाली, कानुन, शिक्षा, र वरपरका मानिसहरूसँगको संचार जस्ता कुराहरूकाे फरक बारे
अलमल वा चिन्ता महसुस हुनु एकदमै स्वाभाविक कुरा हो।
नबुझेको कुराहरू, समस्या परेको कुराहरू, के गर्ने भनेर अलमलमा परेका कुराहरूभएमा
एक्लै नबस्नुहोस्, सल्लाह लिनुहोस्।
हामी तपाईंलाई हाम्रो विशेषज्ञहरूको सञ्जालसँग मिलेर सबैभन्दा राम्रो समाधान खोज्नमा समर्थन गर्न सक्छौं ।

तपाईंको समस्यामा सहयोग गर्ने विशेषज्ञ

हामी चिकित्सक, वकिल, न्यायिक लेखक, लेखापाल, नर्स, प्रसूति विशेषज्ञ, शिक्षक, अनुवादक, मनोवैज्ञानिक परामर्शदाता, व्यापार प्रशिक्षक, व्यापार परामर्शदाता लगायत विभिन्न विशेषज्ञहरूको सञ्जाल बनाएका छौं ।
परामर्श प्रक्रिया
- परामर्श गर्न चाहनु भएको कुरा पठाउनुहोस्
- स्टाफबाट सम्पर्क गरिनेछ
- विशेषज्ञसँग परामर्श गरिन्छ
- विशेषज्ञको धारणा तपाईंलाई साझा गर्दै, हामी सँगै समाधान खोज्ने प्रयास गर्छौं।
■खर्च: निःशुल्क
■भाषा: जापानी, चिनियाँ, अंग्रेजी, नेपाली
※ परामर्शको विषय गोप्य राखिनेछ। तपाईंले नाम नखुलाएरै पनि परामर्श िलन सक्नुहुन्छ।
※विशेषज्ञको संलग्नता आवश्यक परेमा, हामी प्रत्यक्ष रूपमा विशेषज्ञ वा विशेषज्ञ संस्थालाई सिफारिस गर्न सक्छौं।
※अनुवाद वा साथमा जान आवश्यक परेमा, अतिरिक्त खर्च लाग्न सक्छ।
तपाईंले यी कुराहरूमा परामर्श गर्न सक्नुहुन्छ (परामर्श उदाहरण)
- रोग र स्वास्थ्य सेवा
- घरभित्रका समस्या, सम्बन्धविच्छेद, पार्टनरसँगका विवादहरू
- विद्यालय वा शिक्षकसँगको संवाद/समस्या
- बालबालिका पालनपोषण र शिक्षासम्बन्धी चिन्ता
- बालबालिकाको विकास सम्बन्धी चिन्ता (शारीरिक, मानसिक)
- शरणार्थी र विस्थापितहरूको जीवन सहायता
- बसोबास अनुमति (भिसा)
- जापानको प्रणाली (पेन्सन, बीमा, कर आदि) लगायत विभिन्न विषयमा परामर्श गर्न सकिन्छ
दैनिक जीवनका समस्याहरू कम गर्न चाहनुहुन्छ, जापानी भाषा र संस्कृति सिक्न चाहनुहुन्छ,
जापानी साथीहरूसँग मित्रता गर्न वा सम्पर्क बढाउन चाहनुहुन्छ भने, कृपया यहाँ सहभागी हुनुहोस्
日本語
English
नेपाली