दृष्टि
जापान इन्टरकलचरल इन्टलीजेन्स(JII-जेआइआइ)ले विविधतालाई प्रवर्द्धन गर्दै "सांस्कृतिक समन्वय" लाई साकार पार्नका लागि काम गर्ने संस्था हो।
“सांस्कृतिक समन्वय” भनेको के हो──
मानिसहरूले आ-आफ्नो संस्कृतिको सुन्दरता जोगाउँदै, विभिन्न संस्कृतिहरूको अद्भुतता आनन्द लिन सक्छन्,
एक-अर्काका लागि बस्न सजिलो"असल छिमेकी " को रूपमा सँगै बाँच्दछन् र
यी विभिन्न संस्कृतिहरूको भेटघाटले नयाँ सार्वजनिक संस्कृति र मूल्यहरूकाे सिर्जना हुन्छ।
नजिकै भएर पनि नदेखिएकाहरूलाई बेवास्ता गर्ने छैनौ
जापानमा बसोबास गर्ने विदेशी बासिन्दाहरूको संख्या वर्षेनी बढ्दै गएको छ।
तर, विदेशी बासिन्दाहरूले भाषा, परम्परा, सामाजिक प्रणाली, कानुनी व्यवस्था र जीवनशैली फरक हुँदा, "जानकारीको कमी" र "एक्लोपन" को पर्खालको सामना गर्दै, जापानमा बस्दा चिन्ता र समस्याहरू महसुस गर्नु असामान्य होइन।
अर्कोतर्फ, विदेशी बासिन्दाहरूका लागि प्रशासनिक र सामाजिक सेवाहरू तथा दैनिक जीवनका जानकारीहरूमा पहुँच सजिलो छैन। प्रश्नहरू वा चिन्ताहरू भए पनि विश्वसनीय परामर्श स्थान फेला पार्न नसक्दा, जापानी बासिन्दाहरूसँगको अन्तरक्रिया अझै पनि गहिरो हुन सकेको छैन।
हामीले विदेशी बासिन्दाहरूलाई जापानी समाजमा सहज रूपमा घुलमिल गर्न र जापानी बासिन्दाहरूसँग आपसी समझदारी बढाउनका लागि विभिन्न सहयोगी कार्यक्रमहरू र सेवाहरू उपलब्ध गराउँदै आएका छौं।

अन्य संस्कृतिहरूका बुझ्नुपर्ने महत्वपूर्ण पक्षहरू
हाम्रो दैनिक जीवन पहिले नै बहुसांस्कृतिक र अन्तरसांस्कृतिक अनुभवहरूले भरिएको छ।
जापानमा अद्भुत संस्कृति छ र संसारभर पनि धेरै उत्कृष्ट संस्कृति छन्। यी उत्कृष्ट संस्कृतिहरूको भेटले नयाँ मूल्यहरूको सिर्जना गर्ने सम्भावना राख्दछ।
आफ्नो संस्कृति प्रति सचेत रहनु कठिन हुन सक्छ तर फरक संस्कृतिका व्यक्तिहरूसँगको भेटघाटले हामीलाई हाम्रो आफ्नै संस्कृति पुनः पहिचान गर्न र अरूको सांस्कृतिक पृष्ठभूमिको महत्त्वलाई बुझ्न मद्दत गर्दछ। यसरी संस्कृति प्रति संवेदनशीलता देखाउने क्षमता भविष्यको युगमा अनिवार्य छ।
हामी विभिन्न संस्कृतिका मानिसहरूले राख्ने "भिन्न" क्षमता, संवेदनशीलता, र विचारहरूको "ज्ञान" को संयोजनद्वारा रचनात्मक नयाँ मूल्यको सिर्जना गर्ने लक्ष्य राख्छौं।
हामीले हासिल गर्न चाहेको कुरा
विदेशी बासिन्दाहरू जापानी समाजका नयाँ सदस्यहरू हुन्।
हामी विदेशी बासिन्दाहरू विदेशी समुदायमा मात्र सीमित नभई, फराकिलो र सहज रूपमा समाजमा घुलमिल भएर समाजमा समृद्धि, ऊर्जा, र सिर्जनशीलता ल्याउने साथी बन्ने कामना गर्दछौं, र त्यसको प्राप्तिका लागि, साना साना क्रियाकलापहरूलाई निरन्तरता दिने प्रयासमा कुनै कसर बाँकी राख्दैनौं।
मार्गदर्शक सिद्धान्तहरू
हामीसँग तीनवटा मार्गदर्शक सिद्धान्तहरू छन्, र ती आधारमा हामी आफ्ना गतिविधिहरू सञ्चालन गर्दैछौं।

फरकपनको अन्त्य
विभिन्न पृष्ठभूमिका कारण उत्पन्न हुने सांस्कृतिक, सामाजिक र शैक्षिक अन्तरलाई शान्तिपूर्ण र सहज तरिकाले हटाउने प्रयास गर्छौं।
घुलमिल हुनु
नजिकको अस्तित्वको रूपमा एकअर्कालाई बुझेर, गलतफहमी र पूर्वाग्रहलाई कम गर्दै, व्यक्तित्व र समाजमा विविधता बढाउने वातावरण प्रदान गर्छौं।
सहकार्य र सिर्जना
विभिन्न सरोकारवालाहरूसँग सहकार्य गर्दै, "सांस्कृतिक समन्वय" को ज्ञानलाई एकत्रित गरी, विविधतालाई उपयोग गरेर नयाँ सार्वजनिक, सांस्कृतिक र आर्थिक मूल्य सिर्जना गरिन्छ।
मुख्य परियोजनाहरू

यो जापानमा बसोबास गर्ने विदेशीहरू र स्थानीय स्वयंसेवकहरूबीचको अन्तरक्रिया कार्यक्रम हो। एक-एक गरेरको अन्तरक्रियामार्फत, जापानी भाषाको अभ्यास, जापानी जीवनशैली र संस्कृतिको बुझाइ, तथा स्थानीय मानिसहरूसँगको सम्बन्धलाई समर्थन गरिन्छ।
संस्थाको संक्षिप्त परिचय
लेखा प्रतिवेदन र गतिविधि प्रतिवेदन
प्रतिनिधिको सन्देश
तपाईं पनि हाम्रो सहयाेगी बन्न चाहनुहुन्छ? स्वयंसेवक बन्न सबै भन्दा महत्वपूर्ण शर्त भनेकाे "जापानमा बसोबास गर्ने" र सदस्य बन्ने शर्त भने "जापानीहरूसँग मिलेर जीवन यापन गर्न चाहने" इच्छा हो।
यही आवाहनबाट सुरु भएको "ओतोनारी-सान् फामिली फ्रेन्ड प्रोग्राम"ले ३ वर्षको अवधिमा अपेक्षाभन्दा बढी सहभागीहरूलाई आकर्षित गरेको छ र तीव्र गतिमा विस्तार भइरहेको छ। सहभागीहरूका बीचमा नयाँ सम्बन्धहरू फैलिन थालेका छन्, र सुरुवातमा सोचिएको भन्दा धेरै विविध गतिविधिहरू शुरू भएका छन्।
यसका साथै, धेरै नयाँ चुनौतीहरू पनि उभिएका छन्। विशेष गरेर यी तीन वर्षमा, कोरोना भाइरसको महामारी, युक्रेनसहितका विभिन्न स्थानमा भएको युद्ध, आन्तरिक द्वन्द्व र सङ्घर्ष, खाद्य र ऊर्जा संकटको विस्तार, र जलवायु परिवर्तनका कारण सिर्जना भएका समस्याहरू एकैपटक सतहमा आएका छन्। हामी पनि हाम्रो गतिविधिको सफल विस्तार र उपलब्धिहरूको आनन्द लिन नपाउँदै, शरणार्थी समस्या लगायत नयाँ अन्तर-सांस्कृतिक आदानप्रदानका चुनौतीहरूमा काम गर्न थालिरहेका छौं।
सही जानकारीको आदानप्रदान गरेर, देश र संस्कृतिलाई पार गर्दै छिमेकमा वा कार्यस्थलमा रमाइलो सम्बन्ध विस्तार गर्न चाहन्छौं। यो प्रारम्भिक चाहना अपरिवर्तित छ। तर यसको प्राप्तिका लागि, हामीले अहिलेसम्म आह्वान गरेका कार्यक्रमहरूमा प्रत्यक्ष सहभागिताको अतिरिक्त, अझ नवीन र विविध दृष्टिकोण, प्रतिभा र विचारहरूको प्रस्ताव जस्ता कुराहरूमा तपाईंहरूको सहयोग र समर्थन आवश्यक छ। विशेष गरी वित्तीय समर्थन एक आपतकालीन मुद्दा हो। आउनुहोस् "सानो रमाइलो सम्बन्धहरूको निर्माणबाट, विश्वव्यापी सहिष्णुतातर्फ" भन्ने सपनालाई साकार पार्न हामी सँगै काम गरौं।
अध्यक्ष इशिकावा नोरिहिको
२०२३ मे
कार्यकारी सदस्यहरूको परिचय
इशिकावा नोरिहिको (Ishikawa Norihiko) - अध्यक्ष
बाल मानसिक स्वास्थ्य विशेषज्ञ
उहाँ जीवनको अधिकांश समयमा टोक्यो, माल्टा, र शिजुओका विश्वविद्यालयहरूमा अपाङ्गता भएका बालबालिका र वयस्कहरूको चिकित्सा देखभाल र सामाजिक क्लिनिकल अभ्याससँग सम्बन्धित अनुसन्धानमा संलग्न रहनु भएको छ।
सेवानिवृत्त भएपछि खोलेको रिन्सी नो मोरी क्लिनिकबाट अवकाश लिएपछि, स्वतन्त्र मनोचिकित्सकको रूपमा बालबालिका र अल्पसंख्यकहरूको सामाजिक सहभागितालाई समर्थन गर्दै आउनुभएको छ।
"एक व्यक्तिको रूपमा,सबैजना कुनै न कुनै रूपमा अल्पसंख्यक हुन्"भन्ने विश्वास गर्नुहुन्छ।उहाँका लागी सन्तोषजनक समय तब हुन्छ जब व्यक्तिहरूबीचको आपसी सम्मान महसुस गर्न सक्नुहुन्छ।


यसुहिदे नाकामुरा - निर्देशक
सार्वजनिक लाभकारी संस्था जापान WHO संघका अध्यक्ष र ओसाका विश्वविद्यालयका मानार्थ प्राध्यापक
उहाँले इन्डोनेसिया र पाकिस्तान जस्ता देशहरूमा अन्तर्राष्ट्रिय स्वास्थ्य क्षेत्रमा काम गर्दै, मातृ-शिशु स्वास्थ्य पुस्तिका विश्वभरि फैलाउदै आउनुभएको छ।
देशभित्र, चिकित्सा अनुवादकहरूको प्रवर्द्धन जस्ता उपायहरूद्वारा विदेशीहरूको लागि स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न प्रयासरत हुनुहुन्छ ।
उहाँलाई जहाँ गए पनि, सबैभन्दा धेरै बच्चाहरू मन पर्छ।
चिसा ताबाता (Tabata Chisa) – निर्देशक
वकिल
टोकियो वकिल संघका सदस्य। माजाबर्ड कानूनी कार्यालयका प्रमुख। वकिल संस्था पार्टनर्स कानूनी कार्यालय (टोकियो) र Siam City Law Offices (बैंकक) मा कार्य अनुभव प्राप्त गरी, सोही कार्यालय स्थापना गर्नुभयो।
टोकियोमा रहेको बाल परामर्श केन्द्र र बाल परिवार सहयोग केन्द्रका अंशकालिक वकिल हुनुहुन्छ।


यङ मैओ (Yang Miao) - निर्देशक र सचिवालय प्रमुख
संस्थापक र सांस्कृतिक आदानप्रदान समन्वयक
मनोविज्ञानमा विशेषज्ञता। जापान र चीनबीचको राजनीति, अर्थतन्त्र, र संस्कृतिसँग सम्बन्धित अन्तर्राष्ट्रिय विशेष सम्मेलनमा सचिवालय र अनुवादकको रूपमा अनुभव।
२०१० मा NPO जापान इन्टरकलचरल इन्टलीजेन्स स्थापना गर्नुभयो। ठूला कम्पनीहरूका लागि जनशक्ति विकास, मानव संसाधन तथा संगठन परामर्श कम्पनी, र विदेशस्थित स्थानीय संस्थामा कार्यकारी जिम्मेवारी सम्हालेपछि, जापानमा बसोबास गर्ने विदेशी बासिन्दाहरूको सहयोगमा समर्पित हुनुहुन्छ। दुई सन्तानकी आमा।
साक्षात्कार र मिडिया समावेश
JII(जेआइआइ) विविधतालाई उपयोग गर्दै सांस्कृतिक समन्वयलाई व्यवहारमा ल्याउनका लागि स्थापना गरिएको संस्था हो।
जापानमा बसोबास गर्ने विदेशीहरूलाई विभिन्न दृष्टिकोणबाट समर्थन गरेर, केवल बस्न सहज समाज निर्माणमा मात्र होइन, सँगै बाँच्ने ज्ञान र एकल संस्कृतिमा नदेखिएको नयाँ मूल्यको सिर्जना गर्ने लक्ष्य राखिएको छ।
हामी हाम्रो सिद्धान्त र गतिविधिहरू धेरै मानिसहरूसम्म पुर्याउने, विदेशीहरूबीचको समुदायमा मात्र सीमित नरही, यस विषयमा चासो राख्ने जापानी नागरिकहरूको सहभागिता पनि प्रोत्साहित गर्ने, र संस्कृतिहरूबीचको आपसी समझदारीलाई गहिरो बनाउने वातावरण सिर्जना गर्दैछौं।
साक्षात्कार वा मिडिया समावेश सम्बन्धमा, सकेसम्म हामी तपाईंलाई सहयोग गर्न चाहन्छौं, तर प्रकाशनको उद्देश्य वा सामग्रीअनुसार तपाईंको अपेक्षामा खरा उत्रन नसकिने अवस्था पनि हुन सक्छ, कृपया यसलाई बुझिदिनुहोस्। ※साक्षात्कार र मिडिया समावेशको विवरण यहाँ हेर्नुहोस्
日本語
English
नेपाली



